१५ वैशाख, काठमाडौँ । उत्तरी कोलोम्बियाको क्यार्टेगेना सहरमा निर्माधिन अवस्थामा रहेको एक भवन बिहीबार भत्किँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय समाचार समितिले जानकारी दिएको छ । करिब छ तले भवनको संरचनामा बन्न लागेको उक्त निर्माधिन अवस्थामा रहेको भवन भत्किएर भएको दुर्घटनामा परी करिब १७ व्यक्ति घाइते भएका छन् भने, अन्य २० जना भवनको भग्नावशेषमा नै फसेको अनुमान गरिएको छ । भत्किएको भवन भग्नावशेषबाट उद्धारकर्ता र रेडक्रसका कार्यकर्ताले जीवितै व्यक्तिको उद्धार गर्ने कोशिसमा रहेका जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४