१५ वैशाख, काठमाडौँ । सरकारले आफ्नो किर्ते कामको अपजस नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई दिन खोजेको बुझिएको छ । नेपाल प्रहरीको प्रमुखमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि उनको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च पुगेका सिलवालको मुद्दामा अदालतले कार्यसम्पादन मूल्यांकन बुझाउने बेलामा किर्ते गरेर बुझाएको यसअघि नै खुलासा भैसकेको छ । सरकारले त्यही अभियोगमा डिआइजी सिलवालमाथि अनुसन्धान गर्ने भनेर केही दिन अघि बिना पक्राउ पुर्जी गिरफ्तार गर्यो र पछि अदालतको आदेशपछि प्रहरीले छाड्यो । सिलवाललाई बिनाकारण गिरफ्तारी गरिएपछि संसदको दोसो ठूलो दल नेकपा एमालेले निरन्तर रुपमा यस प्रकरणमा सरकारको आलोचना गर्दै आएको छ । बिहीबार पार्टीको केन्द्रीय प्रचार भेलालाई सम्बोन गर्ने क्रममा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई सरकारले असुरक्षित बनाएको आरोप लगाए । उनले भने डिआइजी नै सुरक्षित नहुने मुलुकमा आम जनताले कसरी सुरक्षित महसुस गर्ने भन्दै प्रश्न गरे ।
ओलीले सिलवालबारे के भने ? तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४