१४ वैशाख, काठमाडौँ । स्थानीय निर्वाचनमा सेना परिचालनको लागि बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन । सुरक्षा परिषदको निर्णय, मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफारिस अनुसार सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ६६ को उपधारा २ बमोजिम निर्वाचनमा सेना परिचालन गर्न अनुमति प्रदान भएको जनाएको ।
विज्ञप्तीको तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४