१४ वैशाख, काठमाडौँ । निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेका छन । बिहीबार नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी मापदण्ड भन्दा बढी शुल्क लिने विद्यालयबाट बढी लिएको शुल्क फिर्ता दिन दबाब दिने उद्देश्यले आन्दोलनका थप कार्यक्रम घोषणा गरको अनेरास्ववियुका सचिव अरसी लामिछानेले जानकारी दिए ।

उनले वैशाख १५ गते बिहान ११ बजे जिल्ला शिक्षा कार्यलय तथा शिक्षा विभागमा तालाबन्दी गर्ने, वैशाख १७ गते जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारिलाई सार्वजनिक बहिष्कार गर्ने र वैशाख १८ गते सरकारी गाडी चल्न निषेध गर्ने निर्णय भएको जानकारी दिए ।

यसैबीच आजै शुल्क वृद्धिको बिरोधमा संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिले प्याव्सन र एन व्याव्सनका केन्द्रीय र सबै जिल्ला कार्यालयमा तलाबन्दी गरेको छ । शुल्कवृद्धि फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको संयुक्त विद्यार्थी संगठनले प्याव्सन र एन व्याव्सनको कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियुका सचिव लामिछानेले बताए । विद्यार्थी संगठनले हिजो चार्को शुल्क लिने नाम चलेका उपत्यकाका ५३ विद्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४