१४ बैशाख, काठमाडौं । चर्चित भारतीय अभिनेता बिनोद खन्नाको आज निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फाउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् । सन् १९९८ देखि राजनीतिमा पाइला राखेका बिनोद खन्ना पञ्जावको गुरदासपुरबाट चार पटक भारतीय जनता पार्टीका लागि सांसद निर्वाचित भएका थिए । सन् २००३ मा प्रधानमन्त्री अलट बिहारी बाजपेयीको क्याविनेटमा उनी बिदेश राज्यमन्त्री बनेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४