१२ बैसाख, काठमाडाैँ । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन । घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् ।
यसअघि सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका र सात जना घाइते भएका बताइएको थियो । शुक्लाका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो । एएफ्पी
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४