११ वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौंमा प्रेस चौतारीका केन्द्रीय सदस्य शन्तराम बिडारी विजयी भएका छन् । उनले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक, प्रगतिशील राष्ट्रवादी प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन । प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी र युवराज बिद्रोही नेतृत्वको राजावादी पत्रकारहरुको एक्ला उम्मेदवार रामकृष्ण अधिकारीलाई १४ मतले पराजित गर्दै बिडारी अध्यक्षमा निर्वाचित भएका हुन । बिडारीले ४२९ र अधिकारीले ४१५ मत प्राप्त गरेका छन । एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन गरेको प्रेस चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए । महासंघको उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, समावेशी सहसचिवमा अमिर लामा, खुल्ला सहसचिवमा रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र बस्नेत विजयी भएका छन । सुवेदी बाहेकका सबै विजयी उम्मेद्वार चौतारी नेतृत्वको गठबन्धनका हुन । सदस्यहरुमा सुलोचना अर्याल, पुस्कर बस्नेत, रामचन्द्र दुलाल, अजित अधिकारी, मुकुन्द भुषाल लगायत विजयी भएका छन् । चौतारीले क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रगतिशील पत्रकार मञ्च लगायतका संस्थासँग गठबन्धन गरेर साझा उम्मेदवार तय गरेको अध्यक्ष केसीले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४