११ वैशाख, काठमाडौं । डिआइजी नवराज सिलवाललाई प्रहरीले छाडेको छ । प्ररीले उनलाई ललितपुरको बालकुमारी लगेर छाडेको हो । सार्वेच्चले नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर थुनामुक्त गर्न आदेश दिएको भएपनि सरकारले उनको निवासमा लगेर छाडेको हो । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४