११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गरेका हुन् । रिटको पेशी आजै तोकिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा परेको छ । प्रहरीको छानबिन टोलीले डीआईजी सिलवाललाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४