११ बैशाख, कैलाली । बाजुराको बडिमालिका नगरपालिकामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । बाजुराको मार्तडीबाट घटमुना जाँदै गरेको से १ ज ६३९ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गौमुला ६ सटेला बस्ने लाली रोकाया, शेर बहादुर रोकायाको घटनास्थलमै र मानकोट १ बस्ने गंगाबहादुरा रोकाया र गौमुला १ बस्ने रुपसिंह बुढथापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर वोगटीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४