९ वैशाख, काठमाडौँ । अखण्ड नेपाल पार्टी समानान्तर नेपाली कांग्रेसमा गाभिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा भएको कार्यक्रममा अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेसहितका नेता कांग्रेसमा विलय भएको घोषणा गरेका हुन् । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले अखण्ड नेपाल पार्टी समानान्तरका नेताहरुलाई पार्टी प्रवेश गराएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४