७ वैशाख, काठमाडौँ । नेपाल सरकारले वायु सेवा निगमलाई वाइड बढी जहाज निकाल्लनका लागि अनुमति दिँदै जमानी बस्ने निर्णय गरेको छ । बिहीबार प्रधानन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले अनुमति दिँदै जमानी बस्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले बिपी कोइराला पार्क सिन्धुलीको दुम्जामा र पुष्पलाल पार्क रामेछापमा बनाउने निर्णय गरेको छ । बैठकले पार्क निर्माणको अध्ययनका लागि ५० लाख रकम बिनियोजन समेत गरेको छ । यस्तै सरकारले पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय गरेको छ । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदासमेत पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि जान नसकेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुँजीगत खर्च बढाउने निर्णय गरेको हो । बैठकले काभ्रेको पाँच खालका १८ वर्षका अजित तिवारीको परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । गएको असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो । यस्तै धुर्मुस सुन्तलीद्वारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि सरकारले जिष्ट्रेशन फि मिनाहा गर्ने निर्णय गरेको छ । युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिने र नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०७४