–बिआर घिमिरे
६ वैशाख, रसुवा । २२ औँ वन्यजन्तु सप्ताहको अवसरमा रसुवाको सदरमुकाम धुन्चेमा आठौ जिल्ला स्तरिय रेडपाण्डा ट्रफि भलिवल प्रतियोगिता र पाँचै लाङटाङ पर्यटन तथा संरक्षण उत्सव मनाउने काम भइरहेको छ । वन्यजन्तु सप्ताहको अवसरमा यस वर्ष पनि लाङटाङ राष्ट्रिय निकुञ्जमा पाइने विश्वमानै दुर्लभ रहेकाो वन्यजन्तु रेडपाण्डाको आठौ जन्म दिन केक काटेर मनाइएको थियो । रेडपाण्डाको जन्म दिन मनाउनको लागि धुन्चे बजारमा लामा भाँक्रि सहितको ¥यालि गरिएको थियो । ¥यालि बजार परिक्रमा गरि वालमन्दिर प्रङगण पुगेर रेडपाण्डाको जन्म उत्सव तथा अठौ जिल्ला स्तरिय रेडपाण्डा शिल्ड भलिवल प्रतियोगिता र पाँचै लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको औपचारिक कार्यक्रमको उद्घाटन भएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधकारी चोमेन्द्र न्यौपाने तथा संरक्षण कर्मिहरुले रेडपाण्डाको डमिलाई केक काटेर खुवाएका थिए । विश्वमानै दुर्लभ रेडपाण्डाको लागि लाङटाङ राष्ट्रिय निकुञ्जको चोलाङपाटि, पोलाङपटि र ढोकाचेत उपयुक्त वासस्थान क्षेत्र रहेको छ । २२ औ वन्यजन्तु सप्ताहको अवसरमा रसुवा जिल्लामा आठौ जिल्ला स्तरिय रेडपाण्डा शिल्ड भलिवल प्रतियोगिता र पाँचौ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव भइरहेको छ । दुर्लभ वन्यजन्तुहरुको संरक्षण तथा प्रचार प्रसार गरि पर्यटन भित्रयाउनको लागि भलिवल प्रतियोगिता र संरक्षण उत्सव कार्यक्रहरु संचालन गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए । लाङटाङको पर्यटन दुर्लभ वन्यजन्तु र संरक्षण संग जोडिएको हुनाले आठ वर्ष देखि जिल्ला स्तरिय रेडपाण्डा शिल्ड भलिवल प्रतियोगिता र पाँच वर्ष देखि लाङटाङ पर्यटन तथा संरक्षण उत्सवले निरन्तरता पाइरहेको लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजका अध्यक्ष सन्तोष घलेले बताए ।
बैशाख तिन गतेबाट सुरु भएको आठौ जिल्ला स्तरिय रेडपाण्डा शिल्ड भलिवल प्रतियोगितामा रसुवा जिल्लाबाट १६ वटा टिम सहभागि भएका छन् । प्रतियोगित बैशाख ७ गतेसम्म चल्ने छ । जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज मुख्य आयोजक रहेको उक्त कार्यक्रमको संयोजन लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले गरेको समाजका अध्यक्ष सन्तोष घलेले बताए । उक्त कार्यक्रमको लागि लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्वर्ती क्षेत्र सहयोग आयोजना (डब्लुडब्लुएफ नेपाल) लगायतका संघ संस्थाले सहयोग गरेको छ । पर्यटन तथा संरक्षण उत्सवमा खानाका परिकार, पर्यटन र संरक्षण सहित विभिन स्टल राखिएको छ
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४