६ वैशाख, काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा तीन जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । क्यालिफोर्नियाको डाउनटाउन फ्रेस्नोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारी कोरी अली मुहम्मदलाई पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४