५ वैशाख, काठमाडौँ । अष्ट्रेलियन सरकारले फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेको छ । अष्ट्रेलिया सरकारले दक्ष जनशक्ति भित्र्याउने उद्देश्यले यो भिसा प्रदान गर्दै आएको थियो । मंगलबार अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले दक्ष कामदारका रूपमा विदेशी भित्र्याउने यो भिसा बुधबारदेखि लागू हुने गरी रद्द गरेको घोषणा गरेका छन । व्यवसायको साथै दक्षता हासिल गरेर छोटो बाटोबाट अष्ट्रेलियामा स्थायी बसोबास प्रवेशाज्ञा प्राप्त गर्ने एउटा ठूलो बाटो समेत बन्द भएको छ । चार पाच सातको नाममा निक्रै प्रचलित बनेको यो भिसा अचानक रद्द हुँदा धेरै खाले मानिसमा असर परेको देखिएको छ । यो भिसा रद्द गरेपछि अष्ट्रेलिया सरकारले दक्ष कामदारको सवालमा प्रकृति हेरेर दुई वर्षे र चार वर्षे अस्थायी भिसाको व्यवस्था गर्ने जनाएको छ । तर त्यसपछि हालको जस्तो पीआरको प्रक्रियामा जान पाइने वा नपाइने भन्ने विषयमा भने अझै केही बताएको छैन । यो निर्णयले अष्ट्रेलियाका आप्रवासीहरूमा तनाव बढाएको छ । यस भिसामा वर्षमा कम्तीमा दुई सय परिवार नेपालीहरू पनि लावान्भित हुँदै आएका थिए । नेपालबाट पनि थुप्रै नेपाली कुक र बेकरी अनि एकाउन्टेटको चार पाँच सात भिसामा अस्ट्रेलियामा गएका छन ।
अष्ट्रोलियका प्रधानमन्त्रीको सम्बोधन यहाँ हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४