२ वैशाख, काठमाडौँ । उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको हो । उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीको अवसर पारेर यस्तो चेतावनी दिइएको हो । नेता कमि जोङ–उनले अर्को आणविक परीक्षणको निर्देशन दिन सक्ने पनि अनुमान गरिएको बिबिसीले जनाएको छ । शनिबार उत्तर कोरियाली सेनाले राजधानी प्योङयाङमा विशाल परेड पनि प्रदर्शन गरेको छ । आफूहरु कुनै पनि प्रकारको युद्धको प्रतिवाद त्यस्तै युद्धबाट गर्न तयार रहेको उत्तर कोरियाली सेनाका अधिकारी चोए योङ–हेएले बताएका छन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०७४