३१ चैत, काठमाडौँ । स्थानीय निर्वाचन आउन ठ्याक्कै एक महिना अघि काठमाडौँबाट प्रकाशित हुने दुई राष्ट्रिय दैनिकले नयाँ सम्पादक पाएको छ । बहिबार नेपाल समाचार पत्र दैनिकले पत्रकार लेखनाथ अधिकारीलाई सम्पादकमा नियुक्त गरेको छ । अधिकारी लामो समयदेखि पत्रकारितमा संलग्न रहदैँ आएका छन ।

यसैबीच राजधानी राष्ट्रिय दैनिकको नेतृत्व युवा पत्रकार डिल्ली आचार्यले सम्हालेका छन । सम्पादक राजन शर्माले दिएको राजिनामा स्वीकृत गर्दै राजधानी न्युज पब्लिकेसन प्रालिले प्रमुख संवाददाता रहेका आचार्यलाई बिहीबार कार्यकारी सम्पादकमा नियुक्त गरेको छ । आचार्यले बिहीबारदेखि नै जिम्मेवारी बहन गरेका छन् । शर्मा करिब ६ वर्ष ९ महिनादेखि सम्पादकको जिम्मेवारीमा थिए । कानुन पत्रकार मञ्चका पूर्व अध्यक्षसमेत रहेका आचार्य अदाली विटमा दक्षता राख्छन । डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका आचार्य आमसञ्चार तथा पत्राकारितामा स्नातकोत्तर हुन । नेतृत्व क्षमता भएको र जिम्मेबारीहरु महत्वपूर्ण रुपमा पूरा गर्ने आचार्यले पछिल्लो पटक प्रेस चौतारी ललितपुरको अध्यक्षको जिम्मेबारी समेत सम्हाल्दै आएका छन ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७३