१ चैत, काठमाडौँ । ललितपुरका गाउँ तथा नगरपालिकामा चुनावी माहौल तातेको छ । नेकपा एमाले जिल्ला कमिटिको निर्देशन अनुसार ७ बुँदे मापदण्डको परिधिमा रहेर चैत ३० गते कार्यपालिका स्तरीय कमिटिको वैठकबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरिएको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताएका छन् ।
एमाले महालक्ष्मी नगर कमिटिको वैठकले प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा, शैलेन्द्र राउत र हरिगोविन्द श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा उमा दाहाल, उर्मिला दाहाल, गंगा दाहाल, निर्मला थापा, प्रगति डंगोल, मिरा केसीको नाम सिफारिस गरेको छ ।
यस्तै गोदावरी नगरकमिटिले गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन, श्यामकृष्ण सिलवालको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल, सरिता केसी, अम्विका बस्नेतको नाम सिफारिस गरेको छ ।
यस्तै महाँकाल गाउँपालिकाबाट प्रमुखमा अमृतनाथ तिमल्सिना, नवराज महत, बिमला दुलाल, रामचन्द्र दाहाल, श्याम बजगाईको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कमला तामांग, कमला तिमल्सिना, गोमा घिमिरे, रेनुका बजगाईको नाम सिफरिस भएको छ ।
वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे, नवराज सञ्जेल र रामहरी घिमिरेको नाम सिफारिस भएको छ भने उपप्रमुखमा विमला लामीछाने मगर, डोल्मा कुमारी सिंतान, सरस्वती दाहालको नाम सिफारिस भएको छ ।
यस्तै कोन्ज्योस्योम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको एकल नाम सिफारिस भएको छ । उपप्रमुखः मिनु घिमिरे हुमागाई, राधा न्यौपाने, सुस्मिता दुलाल, विष्णु तामांग, सपना वलको नाम सिफारिस भएको छ । नेकपा एमालेले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाका उम्मेदवारहरु यसअघि नै सिफारिस गरिसकेको छ । वैशाख ३ गते बस्ने जिल्ला कमिटि वैठकले वडाका उम्मेदवारहरुको निर्णय गर्नेछ भने गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको उम्मेदवारीका नामहरु प्रदेश कमिटिमा सिफारिस गर्ने प्रचार विभाग प्रमुख तिमल्सिनाले जानकारी दिएका छन् । महानगरपालिकाका उम्मेदवारहरुको सिफारिस वैशाख ३ गते जिल्ला कमिटि वैठकले गर्नेछ ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७३