२९ चैत, काठमाडौँ । चावहिल गौरीघाटमा गोली चलेको छ । घटनामा दवा लामा घाइते भएका छन् । गौशाला प्रहरी बृत्तका अनुसार गौरीघाटको दिब्या पार्टी प्यालेसमा गोली चलेको हो । अज्ञात समूहबाट उनीमाथि गौरीघाटमा रहेको हेल्थ क्लबमा गोली प्रहार भएको हो । उनलाई दुई गोली लागेको प्रहरीले जनाएको छ । घाइते लामाको अत्तरखेलको अस्पतालमा उपचार भइरहेको छ । गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युन्न कार्कीले बताए । लामा गुण्डागर्दी गैरकानुनी गतिविधि गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७३