२९ चैत, काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका अर्याललाई प्रचण्डले काममा इमानदार बन्न निर्देशन दिएका हुन । भेटमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए । भेटमा अर्यालले प्रहरी संगठनको नेतृत्व गर्ने अवसर दिएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७३