२८ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ । कमिटीमा गृह मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन मन्त्रालयका सचिव र निमित्त प्रहरी प्रमुख रहेका छन् । कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी प्रहरीको नयाँ प्रमुख बन्नेछ । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो । आईजीपीका लागि डीआईजी प्रकाश अर्याल र नवराज सिलवाल प्रमुख दावेदारका रुपमा हेरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३