२८ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उर्जा संकट समाधानको दिशामा उल्लेखनीय काम गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ । काठमाडौमा सुरु भएको महासंघको ५१औं साधारणसभामा घिसिङलाई सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित गरेको हो । घिसिङले देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेको महासंघको ठहर छ । महासंघले अन्य क्षेत्रका व्यक्तित्वलाई पनि महासंघले ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । वित्तक्षेत्रमा ट्रेण्ड सेटरको अवार्ड नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराले प्राप्त गरेका छन । त्यस्तै पर्यटन क्षेत्रको ट्रेण्ड सेटरको अवार्ड कर्ण शाक्यले प्राप्त गरेका छन ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३