२८ चैत, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजदेखि हुँदै छ । परिषद्ले बर्सेनि आयोजना गर्ने उक्त सम्मलेन यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । सम्मेलनमा एक हजार स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकले विभिन्न आठवटा विधाका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।द परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनमा नसर्ने रोग, पोषण, मातृ तथा बालस्वास्थ्य, सरुवा, उष्ण प्रदेशीय ट्रपिकल रोग तथा वातावरणीय र पेसागत संस्था, मानसिक स्वास्थ्य, स्वास्थ्य व्यवस्था, यौन र प्रजनन् स्वास्थ्य तथा किशोरकिशोरी स्वास्थ्य र सिस्टमेटिक रिभ्यु विषयमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३