२७ चैत, काठमाडौँ । यो वर्ष फागुन महिनामा मूल्यवृद्धिदर २.९ प्रतिशतमा सीमित भएको छ । माघमा मूल्यवद्धि ३.३ प्रशित भएपनि फागुनमा अझै घटेर ३ प्रतिशतभन्दा तल झरेको छ । यो वर्षकै सबैभन्दा कम मूल्यवृद्धिदर हो । गतवर्षको फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । गतवर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मूल्यवृद्धिदर घट्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खाद्य क्षेत्रको मूल्यवृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ८ महिनामा संक्षिप्त आर्थिक प्रतिवेदनमा उललेख छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मूल्यवृद्धि १०.३ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७३