२७ चैत, इलाम । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आइतबार बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उनले बताए । महासचिव पोखरेलले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए । सहिद वान्तवालाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । वान्तवाको जन्म २००८ साल चैत २७ गते चमैताको चित्रे भन्ने स्थानमा भएको थियो । पञ्चायती सरकारले वान्तवालाई २७ वर्षका उमेरमा चैत २७ गते नै इलामको इभाङमा गोली हानी हत्या गरेको थियो
प्रकाशित मिति: शनिबार, चैत २६, २०७३