२२ चैत, काठमाडौँ । भ्यागुते रोगबाट पाल्पामा एक जानको मृत्यु । उपचारको क्रममा पूर्वखोला गाउँपालिका–२ जल्पाका ९ वर्षका कमल थापाको सोमबार राति मृत्यु भएको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ । कमलको गएको १२ दिनदेखि उपचार भइरहेको थियो । पाल्पामा पहिलो पटक भ्यागुते रोग देखिएको हो । सरुवा रोग भएकाले मृतकका परिवार र गाउँका एक सय भन्दा बढीलाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला अस्पताल पाल्पाका डा. भाष्कर हुमागाईंका अनुसार भ्यागुते रोगबाट जोगिन बालबालिकालाई निर्धा्रित समय भित्रै तीनपटक खोप अनिवार्य लगाउनु पर्छ । जन्मिएको ६, १० र १४ हप्तामा गरी ३ पटक खोप दिइने र यसको डोज बढाएर ६ देरि १२ वर्षको बिचमा एक पटक फेरि खोप दिनुपर्छ । १२ वर्षपछि अर्काे पटक भ्यागुते रोग विरुद्ध खोप दिएपछि रोगको संक्रमण नहुने डा. हुमागाईंले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३