२० चैत, डोटी । दिपायल बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको पानी बोक्ने ट्यांकर, प्रहरी र स्थानीयको सक्रियतामा करिव २ घण्टापछि आगो नियन्णमा लिइएको हो । ना २ ख ४५७९ नम्बरको ट्यांकरबाट पेट्रोल झार्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । ट्यांकरबाट सल्किएको आगोले पेट्रोल पम्प, ट्यांकर, राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय, मोहित होटल र कल्पना सुनचाँदी पसल पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७३