१९ चैत, नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान ट्रक र बस ठोक्किँदा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । नवलपरासीको मध्यविन्दु–७ मा रहेको ४० किलो जंगलमा शनिबार बिहान साढे २ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४९९५ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किँदा पाँच जनाको ज्यान गएको हो । बसमा रहेका ४ जनाको घटनास्थलमा नै मृत्यु भएको र भारतीय ट्रकका चालकको उद्धारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङका १६ वर्षका बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षका हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवाका २५ वर्षको रियाज खानको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये चारको मात्र सनाखत भएको छ । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३