१८ चैत, काठमाडौँ । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई भ्रष्टाचार मुद्दामा प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको अभियोग लागेको उनलाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । अदालतले उनलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो । अब नजर बन्दमा राख्ने सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने ६५ वर्षिय पार्क गुएन हाय पहिलो महिला हुनु । दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा उनी तेस्रो राष्ट्रपति हुनु । उनलाई भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप पनि लागेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७३