१७ चैत, काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतसँग बिहीबार नेपालका लागि भारतीय नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो । भेटमा परराष्ट्र मन्त्री डा. महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा गरिरहेको जानकारी दिँदै नेपालका सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । नेपालको विकास लगायतको बृहत्तर हितमा र्पुयाउँदै आएको सहयोगप्रति मन्त्री डा. महतले राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री डा. महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । भेटमा राजदूत पुरीले नेपाल भारत सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबदुत बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३