१४ चैत, काठमाडौँ । सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चिनियाँ जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ गरेको छ । एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरूबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको एसपिसी वरिष्ठ अधिकारी डु वान्हुआ गत आइतबार भएको एक पत्रकार सम्मेलनमा बताउनुभएको छ । डुका अनुसार पारिवारिक विवादको राम्रो मध्यस्थताको लागि अदालतका अधिकारीहरूले सामाजिक विज्ञान र मनोविज्ञानको अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । सन् २०१५ मा नागरिक मामिला अधिकारीमार्फत ३१ लाख ५० हजार चिनियाँ जोडीको सम्बन्धविच्छेद गराएका थिए । त्यसैगरी सन् २०१४ मा २९ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३