१३ चैत, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न लागिएको मोर्चाले जनाएको छ । राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चामा आवद्ध सातै दलका शिर्ष नेताले सम्बोधन गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । प्रहरी र मोर्चा कार्यकर्ताकोबीचमा झडप हुँदा पाँचजनाको ज्यान गएको थियो । ज्यान गुमाएकाको सम्झनामा तराइका अरु जिल्ला सदरमुकाममा पनि श्रद्धाञ्जली सभा हुने मोर्चाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३