११ चैत, काठमाडौँ । अनेरास्ववियुले एनसेलविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा बसेकोे स्थायी कमिटी बैठकले अनेरास्ववियुका नेता कार्यकर्ताले एनसेल बहिष्कार गर्ने घोषणा गरेको हो । एनसेलले लाभकर नतिरेकोले शुक्रबारदेखि नै अनेरास्ववियुका सबै नेता कार्यकर्ताले एनसेलको सिम प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग नगर्न आग्रह गर्ने निर्णय गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै एनसेललाई लाभकर तिर्न दवाव दिँदै अर्थमन्त्री र संसदको लेखा समितीलाई ज्ञापनपत्र बुझाउने, १४ गते प्रदर्शनीमार्गमा विरोधसभा गर्ने लगायतका कार्यक्रम पनि अनेरास्ववियुले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३