११ चैत, काठमाडौँ । नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीर गृहजिल्ला सर्लाही लगिएको छ । त्यसअघि शुक्रबारबिहान श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको थियो । त्यहाँ एमालेका शीर्ष नेताहरुले श्रद्धाञ्जलि दिए । देवीको उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएके थियो । यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा गम्भीर घाइते सांसद देवीलाई भोलिपल्ट अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३