१० चैत, काठमाडौं । चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल अाउनु भएको छ । तीनदिने भ्रमणका लागि आउन लागेको टोली पौने एक बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे छ । वाङक्वानले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी बालकृष्ण खाँडलाई भेट्ने कार्यक्रम रहेको छ । खाँडको औपचारिक नियमन्त्रणमा वाङक्वान नेपाल अाउनु भएको हो ।
योस्तो छ भेटवार्ताको तालिका
–चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
–रक्षामन्त्री खाँण रक्षा मन्त्रालयमा भेटवार्ता हुनेछ ।
–चाङले शुक्रबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । –शुक्रबार नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटवार्ता गर्नुहहुनेछ ।
–सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता हुनेछ ।
–चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम छ ।
चाङको भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुनेछ ।
श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लाग्नुभएका चाङले समकक्षी खाँडसँगको भेटवार्ताको क्रममा सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने बुझिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३