९ चैत, काठमाडौँ । राजनीतिक दलहरुले राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउनुपर्ने भएको छ । निर्वाचनसँग सम्बन्धित कानुनमा थ्रेस होल्ड राख्ने विषयमा संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले यस्तो निर्णय गरेको हो । बुधबार बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एकसिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेपछि अनुमोदनको लागि समितिमा पठाइएको छ । समितिले अनुमोदन गरेपछि आजै संसदबाट पारित गर्ने तयारी छ । ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३