८ चैत, काठमाडाैँ । जयबहादुर चन्दलाइ नेपाल प्रहरीको प्रमुख बनाउने सरकारकाे निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । अाइजिपी विवादको मुद्दामा सर्वोच्चले अाज फैसला गर्दै चन्दको नियुक्ति बदर गरेको हो । अदालतले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय खारेज गरिदिएको हो । नयाँ महानिरीक्षक नियुक्त गर्न समेत सर्वोच्चले परमादेश जारी गरेको छ । प्रहरी नियमावलीको नियम ४१ अनुसार नयाँ महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको हो ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३