८ चैत्र, काठमाण्डौ । नेपालका निजि भ्रमणमा रहेका जापानका पूर्वप्रधानमन्त्री युकिहो हातोयामाले नेपालमा लागानीको बातावरण नभएको बताएका छ । मंगलबार पोखरामा पत्रकार संग कुराकानी गर्दै जलश्रोतको संम्भावना व्यापाक भएको भएपनि बिदेशी लागानी झन्झटीलो रहेको बताउनुभयो । आफु लागानीको संम्भावना बुझ्न नेपाल आएको पनि उनले जानकारी गराए । नेपालको जलस्रोत र कृषिमा लगानी गर्न चाहेको बताउँदै उनले उद्योग खोल्न आवश्यक आवेदन, लाइसेन्स लगायत प्रक्रिया झन्झिटिलो भएको सुनाए । जापानले धेरै देशसँग द्वैध कर निषेधसम्बन्धी सम्झौता गरिसकेकोले नेपालसँग पनि हुन सके जापानी लगानी भित्र्याउन सहज हुने उनले उल्लेख गरे ।
उनले नेपाल र जापानबीच सिधा हवाइ उडान भए यहाँ जापानी पर्यटकको संख्यामा वृद्धि हुने बताए । पोखरामा अन्तर्रा्स्ट्रियस्तरको ‘इभेन्ट’ गर्न सके पर्यटकलाई आकर्षण गर्न सकिने उनको धारणा थियो । पोखराबाट मंगलबारै काठमाण्डौ आएका हातोयामाले प्रधानमन्त्ती पुष्पकमल दाहाललाई समेत भेट गरेका छन । निजि भ्रमणमा आएका उनि नेपालमा लागानीको अध्ययन मात्रै होइन कुनै एक जलबिद्युत आयोजनामा लगानी गरिरहेको पनि जानकारी गराइएको छ । यद्धवी उनले कहाँ र कुन आयोजनामा लागनी गरिरहेका छन यसबारेमा भने बताउनु चाहेनन ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३