काठमाडौं : भारतीय चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रा भएका चर्चित बाल गायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाका बाल सद्भावना दुत घोषीत भएका छन् । इटहरी उपमहानगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उनलाई सद्भावना दुत घोषित गरेको हो ।
उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख तथा उपमेयर लक्ष्मी गौतमले आचार्यलाई वालसद्भावना दुत घोषणा पत्र प्रदान गर्दै इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै सम्मान व्यक्त गरिन् । कार्यवाहक प्रमुख गौतमले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको बताईन् ।
वालगायक प्रितम आर्चायले आफु यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पु¥याएको साथ र मायाका लागि आफु आभारी रहेको बताए ।
प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर सोमबार इटहरी फर्किएका हुन
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६ १९:१७