एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काको ह्वाइट हाउसमा छुट्टै कार्यालय छ । उनले त्यो कुर्सीबाट आफ्ना डोनाल्ड ट्रम्पको सल्लाहकारको भूमिका निभाइरहेकी छन् ।
संसारमा हाई प्रोफाइल छोरीहरुको सूचीमा एक सफल व्यापारिक घरानाकी इभान्का सेलिब्रेटीका रुपमा चिनिएकी छन् । तर संसारका शक्तिशाली शासकका प्रभावशाली छोरीहरुर यी हुन् :

क्याटरिना टिखोनोभा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी छन् । सन् २०१५ मा कान्छी छोरी यकातेरिना त्यसबेला चर्चामा आईन जब थाहा भयो कि उनी मस्कोमा क्याटरिना टिखोनोभाको नामबाट बसेकी छन् । उनी पुटिनकी सल्लाहकारको रुपमा रहेकी छन् । टिखोनोभा रक तथा रोल डान्सर पनि हुन् र उनी सन् २०१३ को विश्व च्याम्पियनसिपमा पाँचौ स्थानमा थिइन् ।

इसाबेल डोस सान्तोष
अंगोलाका पूर्व राष्ट्रपति जोस एडुवार्डो डोस सान्तोषकी जेठी छोरी ४३ वर्षीय इसाबेल डोस सान्तोष सरकारी तेल कम्पनी सोनांगोलाकी प्रमुख हुन् । सन् २०१३ मा फोब्र्स पत्रिकाले उनलाई अफ्रिकाकै सबैभन्दा धनी महिलाको रुपमा उल्लेख गरेको थियो । उनको कुल सम्पत्ति ३.२ अरब डलर छ । देशको वित्तबजार, टेलिकम्युनिकेशन र डायमन्ड इन्टस्ट्रीमा उनको साझेदारी रहेको छ ।

सुमेयी एर्दोगान
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानकी कान्छी छोरीसुमेयी एर्दोगान आफ्ना बाबुकी विश्वासपात्र हुन् । बेलायतमा अध्ययन गरेकी सुमेयी आफ्ना बाबुको सल्लाहकार समेत भइसकेकी छन् र केही राजनीतिक भ्रमणमा आफ्ना बाबुसँगै गएकी छन् । उनी आफ्ना बाबु र सरकारको कट्टर समर्थक हुन् ।

ओजोदा रहमान
ताजिकिस्तानकी राष्ट्रपति इमोमाली रहमानकी छोरी ओजोदा रहमान कानुनकी विद्यार्थी हुन् र सन् २००९ मा उनी उपविदेशमन्त्री बनेकी थिइन् । दुई वर्षअघि उनका बाबुले उनलाई राष्ट्रपति प्रशासनकी प्रमुख बनाएका छन् । उनी सिनेटको सदस्य समेत हुन् ।

मेरिएला क्यास्ट्रो
क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोकी छोरी मेरियला क्यास्ट्रो संसदकी सदस्य र अल्पसंख्यकको अधिकारका लागि चर्चित व्यक्ति हुन् । उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एजुकेशनकी प्रमुख हुन् र एड्स रोक्ने र समलैंगिक अधिकारसम्बन्धी नीति बनाउन प्रमुख भूमिका निभाउँदै आएकी छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५