काठमाडौं । भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।
नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीईसी)को बैठकमा भारतले उक्त प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले प्रस्ताव अस्वीकार गरेको छ । नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् ।
नेपालले भारतबाट पिक आवरमा आयात गर्ने झण्डै ४५० सय मेगावाट बिजुली मध्ये करिब ३ सय मेगावाट बिजुलीको दर यही कमिटीले तोक्ने गर्दछ ।
हाल १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य क्रमशः ८।८८ नेपाली रुपैयाँ , ९।६ रूपैयाँ र १०।३२ रूपैयाँ पर्दै आएको छ ।
समितिको अर्को बैठक ३ महिनाभित्रै बस्ने निर्णय भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५