२७ असोज, काठमाडौँ । म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ । गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ । यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ताले जानकारी दिएका छन । संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले संयुक्तराष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार म्यानमारमका अधिकारीहरुसँग भेटवार्ता गर्ने बएताका छन । म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् । सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४