३ असोज, काठमाडौँ । रौतहटमा १० वटा स्थानीय तहमा मतगणना चलिरहेको छ । अहिलेसम्म ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ । त्यस्तै, चन्द्रपुर नगरपालिका, यमुनामाई गाउँपालिका र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गजुरा नगरपालिका र गढीमाई नगरपालिकामा राजपा नेपाल अगाडि आएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४