–राजन रौनियार
२७ भदौ, पर्सा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गरेका छन । वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको बताए । महासचिव पोखरेलले एमालेलाई मधेश विरोधी देखाउने चेष्टा भएको भन्दै तराईको विकासमा सदैव अग्रसर पार्टी मधेश बिरोधी हुन नसक्ने बताए । वीरगंज महानगरका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागेको उनले दावी गरे । हिजोका दिनसम्म केही नभएको मान्छे एमालेबाट मेयरको उम्मेदवार बनेपछि विभिन्न आरोप लगाउनुको पछाडि एमाले विरोधी तत्वको हात रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यकर्तााई आग्रह गरे । कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४