२७ भदौ विराटनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले निर्वाचन आयोगको अनुमतिमै मन्त्रिपरिषद् विस्तार गरेको बताएका छन । मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तरले आचारसंहिता उलंघन नगरेको दाबी गरे । उनले आफूलाई अप्ठेरो परेपछि मन्त्रिपरिषद् विस्तार गरेको बताए । प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीमा अप्ठेरो परेकाले विस्तार गरिएको दाबी गरे ।
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४