२६ भदौ, काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन । सोमबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । “म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपाईंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ”, मन्त्री पाण्डेले भने । उनले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताए । मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पारे ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४