२६ भदौ, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो मतदाता नामावली गृहजिल्ला ताप्लेजुङमा सारेका छन् । ताप्लेजुङबाट चुनाव लड्ने तयारीमा रहेका भट्टराईले सोमबार बिहान प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले मताधिकार जिल्लाबाटै प्रयोग गर्ने हेतुले नामावली सारेको बताए । भट्टराई पहिलो र दोस्रो संविधानसभामा काठमाडौको क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४