२३ भदौ, काठमाडौँ । भारतको उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा सात जना नेपाली नगरिकको घटनास्थलमै ज्यान गएको छ । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर नजिकै आज दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको त्याहाँको प्रहरीले जनाएको छ । सुनौलीबाट गोरखपुर जाँदै गरेको ट्यांकर र सुनौलीतर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किँदा कारमा सवार सातै जना यात्रीको ज्यान गएको र मृतकको पहिचाना नभएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४