२२ भदै, काठमाडौँ । राजपाले बिहीबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधनको दोस्रो विधेयक कांग्रेस–माओवादीका कारण असफल भएको ठहर गरेको छ । घोषणापत्रमा दोस्रो संविधान संशोधन विधेयक पारित नहुनुमा सत्ता पक्षीय दल कांग्रेस र माओवादी केन्द्र नै दोषी रहेको ठहर राजपाको रहेको छ । राजपाले यसअघि पनि कांग्रेस र माओवादीले विधेक पारित गर्न भन्दा पनि असफल बनाएर चुनावबाटै धकेल्न खोजेको आरोप लगाउँदै आएको थियो । संशोधन विधेयक पारित गर्न कांग्रेस र माओवादीका तर्फबाट जुन सकारात्मक पहल आवश्यक थियो त्यो नभएको रजापाको ठहर छ ।
प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४