२२ भदौ, सर्लाही । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सर्लाही जिल्लामा विभिन्न पदमा ५ हजार २ सय ९० जनाको उम्मेदवारी दिएका छन । एक हजार ४० पदका लागि बुधवार ५ हजार २ सय ९० जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका केही स्थानमा बुधबर राति अबेरसम्म पनि उम्मेदवारी दर्ता गरिएको थियो । बरहथवा नगपालिकामा सबैभन्दा धेरै ५ सय ४४ जना र सबैभन्दा कम ब्रम्हपुरी गाउँपालिकामा ९४ जनाको उम्मेदवारी परेको छ । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिका रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४